काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नयाँ वर्ष २०८३ को शुभकामना दिँदै स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।
निवर्तमान भइसक्दा पनि उनको सामाजिक सञ्जाल फेसबुकमा भने अझै ‘पिएम सुशीला कार्की’ नै उल्लेख भएपछि आलोचना भइरहेको छ । उनको सचिवालयले फेसबुक अद्यावधिक नगर्दा कार्कीले आलोचना खेप्नु परेको हो । यो फेसबुक उनले प्रधानमन्त्री हुँदा सञ्चालनमा ल्याएकी थिइन् ।
उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् । राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ ।’
उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गरेकी छन् ।









प्रतिक्रिया