काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्।
आज दिउँसो उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन गर्न लागेकी हुन्।
सम्बोधनको समय तय नभइसकेको प्रेस सल्लाहकार रावलले जानकारी दिए।










प्रतिक्रिया