काठमाडौं । वैदेशिक राेजगारका लागि विदेशिने युवाहरुकाे समस्या नि अनेक छन् । आफ्नै ठाउँमा केही गराै भन्याे आर्थिक समस्याले आक्रान्त पारेकाे हुन्छ । विदेश गयाे घर परिवार नै तहस नहस हुने । अझ भनाै घरमा बस्याे आर्थिक चाप विदेश गयाे श्रीमती टाप ।हाे यस्तै नियति भाेग्नुपरेकाे छ
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-७ निवासी कमल बहादुर श्रेष्ठले । उनी वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका बेला श्रीमती सविना राई श्रेष्ठ अचानक घरबाट सम्पर्कविहीन भएकी छिन्।
यही जेठ १४ गते दिउँसो करिब ३ बजेको समयमा उनी घरबाटै हराएकी हुन्।
साढे दुई वर्षीय छोरालाई घरमै छाडेर बेपत्ता भएकी सविनाको खोजीका लागि कमलकी आमाले धादिङ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन्। उक्त उजुरी जेठ १५ गते दर्ता गरिएको जिल्ला प्रहरीले कार्यालय धादिङले पुष्टि गरेकाे छ।
कमल र सविनाको विवाह करिब ४ वर्षअघि भएको हो। उनीहरूबीचको वैवाहिक सम्बन्धमा विगत केही समयदेखि असमझदारी रहेको बताइएको छ।
सविनाको माइती घर उदयपुर हाे। उनी विगतमा पनि घरबाट निस्केर भाग्ने गरेकी थिईन ।
स्थानीयहरूका अनुसार सविना यसअघि पनि एकपटक घरबाट भागेकी हुन्।
उनका श्रीमानले दिएको जानकारी अनुसार, भागेर गएको व्यक्तिसँग उनको पहिले देखिको सम्पर्क रहेकाे थियो ।
र उनीहरू एकअर्काको घरमा आउनेजाने गर्थे। छिमेकीहरूकाे माझ उनले ती युवकलाई ‘दाइ’ भनेर चिनाउथिन। तर उनीहरुबी अनैतिक सम्बन्ध रहेकाे बताईन्छ ।
हाल सविना भागेर गएको भनिएको युवक धादिङकै रुवीभ्याली गाउँपालिकाको बासिन्दा भएको उनका श्रीमान् कमलले जानकारी दिए ।
ती युवकसँग सविनाको फेसबुकमार्फत पनि निरन्तर सम्पर्कमा रहेको शंका उनका श्रीमानले गरेका छन् ।
सविनाले घरबाट बाहिरिँदा पैसा, गरगहना, श्रीमान्को नागरिकताको कागजात समेत साथमा लगेकी छन्। यद्यपि उनले आफ्ना छोरा र श्रीमान्की आमालाई भने घरमै छोडेर गएकी हुन्।
प्रहरी कार्यालय धादिङले सविनाको खोजी कार्यलाई तीव्रता दिएपनि हालसम्म पक्राउ गर्न सकेकाे छैन ।
धादिङ जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने, “उजुरी प्राप्त भएको छ। अनुसन्धान सुरु गरिएको छ । ती सविना कहाँ गइन्, कोसँग सम्पर्कमा छन् भन्ने विषयमा हामी छानबिन गरिरहेका छौं।”
आर्थिक भार र पीडाको दोहोरो चोटमा कमल
करिब ४ वर्षअघि विवाह गरेका कमल र सविनाको घरमा अहिले कमलकी आमासँगै उनीहरुको सानो छोरा मात्र बसिरहेका छन्।
विदेश जानुअघि कमलले घर बेच्नुपर्ने अवस्थामा पुगेका थिए । तरपछि उनले ऋण लिने निधाे गरे ।
स्वालम्बन सहकारीबाट: ४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकबाट: २ लाख रुपैयाँ र एनआईसी बैंकबाट: ३ लाख रुपैयाँ ऋण लिएका थिए।
कमलले विदेशमा कमाएर घर फर्काइएका रकममध्ये ७ लाख रुपैयाँ श्रीमती सविनाको नाममा पठाएका थिए।
तर श्रीमतीले त्यो रकम लिएर बेपत्ता भएपछि उनी ठूलो आर्थिक र मानसिक संकटमा परेका छन्।
यसरी आफूलाई घर न घाटकाे बजाएर छाेडेकाेले आवश्यक कारबाही गरि आफ्नाे सम्पत्ति फिर्ता गर्नुपर्ने उनकाे माग रहेकाे छ ।
प्रतिक्रिया