काठमाडाै । सिंदरबारभित्र विभिन्न मन्त्रालयमा हाजिर गरि काम नगरी गफ चुटेर बस्ने कर्मचारीकाे निद् हराम भएकाे छ ।
मुख्य सचिव एकनारायण अर्यालले बेकामे कर्मचारीकाे हरहिसाब खाेज्दै उनीहरुमाथि निगरानी गरेपछि त्यसरी गफ मात्र चुटेर खान पल्केका कर्मचारीकाे निद् हराम भएकाे हाे ।
मुख्य सचिव अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सर्तकता केन्द्रका अधिकारीहरुलाई सिहदरबारका विभिन्न मन्त्रालयमा बिना दरवन्दि राखिएका कर्मचारी खोजेर तत्काल पत्ता लगाई सम्बन्धित निकायमा पठाउन निर्देशन दिएका छन् ।
यसरी खाेजी गर्ने क्रममा करिब दुई सय बेकामे कर्मचारी भेटिएकाे स्राेतकाे दाबी छ । उनीहरुलाई कार्यक्षेत्रमा जानकाे लागि निर्देशन समेत भएकाे छ । एक्सन ओरेन्टेड काम गर्ने मुख्य सचिव अर्यालकाे कार्यशैलीका कारण अहिले काम चाेर कर्मचारीहरुमा खैलाबैला मच्चिन थालेकाे सिंहदरबार परिसरमा चर्चा चल्ने गरेकाे छ ।
प्रतिक्रिया