काठमाडौं । हिजो( मंगलबार)को तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु १ हजार ३०० र चाँदीमा रु १५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोल सुनको मोल रु १ लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया