काठमाडौं । भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतले स्वीकृत भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित भइ कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरु समाधान हुने जनाएका छन ।
प्रतिक्रिया