अनशन स्थलबाटै उठाईए काेशीका पूर्वमुख्यमन्त्री कार्की

काठमाडा‌ । निषेधित क्षेत्रमा अनशन बसिरहेका काेशी प्ररदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले उठाएकाे छ ।

उनलाई अनशन स्थलबाट प्रहरीले नियन्त्रणमा लिएर बूढीगंगास्थित टंकीमा रहेको घरमा पुर्याएको हो । प्रहरीले घरमा पुर्याएको भएपनि उनी प्रहरी भ्यानबाट झर्न मानेका छैनन् ।

मोरङ प्रहरीका अनुसार कार्कीलाई विराटनगर स्थित प्रदेश सभा सचिवालयको गेट नजिकैबाट नियन्त्रणमा लिइएको थियो ।

उनलाई उठाउन खाेज्दा समर्थकले अवराेध गरेपछि केही समकेलाधकेल समेत भएकाे थियाे ।