चार लाख ५० हजार घुससहित वडा अध्यक्ष र सचिव समातिए

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडा अध्यक्ष र सचिवसहित ३ जनालाई चार लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाअध्यक्ष ५७ वर्षीय उपेन्द्र्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका विजय मण्डल छन्।

अख्तियारको कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टाेलीले उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएका हुन् । घरबाटो प्रमाणित गरिदिनका लागी उनीहरूले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष निकालेकाे छ ।