काठमाडौ । राष्ट्र्रिय स्वतनत्त पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पोखरा आउने चाल पाएपछि सुहकारी पीडितहरु कार्यक्रमस्थल बाहिर प्रदर्शनीमा उत्रिएका छन् ।
रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न आज पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा आउने जानकारी पाएपछि उनीहरु चर्को नाराबाजीसहित प्रदर्शनमीमा उत्र्रिएका हुन् ।
सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ता बिरोधमा उत्रिएपछि त्यहा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् ।
प्रतिक्रिया