उपसभामुख ईन्दिरा रानामाथि महाअभियोगको तयारी सरकार, आन्तरिक छलफलमा रास्वापा

काठमाडौ र सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस उपसभामुख ईन्दिरा रानामाथि महाअभियोग लगाउने तयारीमा जुटिरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कसरी अगाडी बढ्ने भन्ने छलफलमा जुटिरहेको छ ।
प्रधानमन्त्री ओलीले एमाले र नेपाली कांग्रेसको साझा प्रस्ताव भन्दै रानालाई हटाउनु पर्ने कुरा हिजो बालुवाटारमा बसेको बैठकमा बताएका थिए । ओलीले गरेको उक्त प्रस्तावमा सत्ता गठबन्धनमा रहेका सबै दल सहमत रहेको स्रोत बताउँछ । प्रक्रिया पूरा गरेर सम्भवतः आजै प्रस्ताव दर्ता हुने बालुवाटार स्रोतले बताउँछ । आइतबार नै प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसबारे छलफल भएको थियो ।
उनीहरूका बीचमा रिक्त संवैधानिक निकायमा पदपूर्तिका बारेमा छलफल भएको थियो । त्यसक्रममा छलफलमा देउवाले संवैधानिक निकायमा कांग्रेसका एक जना पनि सदस्य नरहेको बताएका थिए । हालको प्रावधानअनुसार संवैधानिक परिषदको निर्णय ५० प्रतिशत सदस्यबाट हुन्छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

सदस्यहहरू मध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् । यसो हुँदा दुवैतिर ५०/५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुने भन्दै प्रधानमन्त्री ओलीले उपसभामुखविरूद्ध महाभियोग प्रस्ताव गरेका हुन् ।
उनले आफूसहित अन्य पाँच जनालाई भिसाका लागि समय मिलाईदिन भन्दै अमेरिकी राजदूतावासलाई उपसभामुखको हैसियतले निवदेन लेखेको कुरा बाहिर आएपछि त्यसको तीव्र आलोचना समेत भएको थियो ।
उता, उपसभामुखमाथि महाअभियोग लगाउने सत्तारुढ दलको आन्तरिक तयारी रहेको सुइको पाएपछि रास्वपा पनि आन्तरिक तयारीमा जुटेको छ ।
यस विषयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने -‘उपसभामुखलाई हटाउने सत्ता गठबन्धन दलमा भएको छलफललाई हामीले गम्भीररूपमा लिएका छौँ । यसबारे छलफल गर्न हामीले अनौपचारिक बैठक बोलाएका छौँ । थप अध्ययन गरेर संसद्को दिउँसो बस्ने संसद् बैठकमा कुरा उठाउँछौँ’,