बन्दुककाे कुन्दाले हान्दा वृद्धा ठहरै

राेल्पा । बन्दुककाे कुन्दाले हान्दा ७१ वर्षीय वृद्धाको प्राणान्त भएकाे छ। 

थवाङ गाउँपालिका-२ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकामाथि हिजाे(सोमबार) बन्दुककाे कुन्दा प्रहार भएकाे थियाे ।

उनिमाथि कुन्दा प्रहार गरेको आरोपमा स्थानीय ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको छ। 

रोकाले बन्दुकको कुन्डाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।