काठमाडाै । काठमाडाै उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहितको पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा हिजाे(सोमबार) साँझ ६ बजेतिर लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हाे । प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार अहिले सडक दुईतर्फी संचालन भएकाे छ ।
दुईवटा एक्सकाभेटर र टिपर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाइएको र साेही समयदेखि यातायात संचालन भएकाे इन्स्पेक्टर थपलियाले जानकारी दिए।
साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ लामो जाम भएको थियो।
प्रतिक्रिया