सत्तारुढ दल एमालेले बाेलायाे सचिवालय बैठक

काठमाडाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय  बैठक बाेलाएकाे छ । बैठक यही  भदौ २८ गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्ने जानकारी गराए ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ । यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो ।