यी प्रदेशमा वर्षाकाे संभावना

काठमाडाै । हाल मनसुनी वायुको प्रभावले  देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। 

आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि महाशाखाको प्रक्षेपण छ।