अब सरकारी कर्मचारीलाई खाजा खाने समय जम्मा तीस मिनेट मात्र

काठमाडाै। अब सरकारी कर्मचारीकाे खाजा खाने समय ३० मिनेट मात्र हुने भएकाे छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्- ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १: ३० देखि २ बजेसम्म कायम गरिएको छ।’

यसअघि एक घण्टा खाजा खाने समय रहदै आएकाे थियाे ।