काबठमाडौं । किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरु ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन् । उनीहरुलाई रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको आरोप लागेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनीहरुले ग्राहकसँग एक हजारदेखि ५ हजार रुपैयाँसम्म लिएर किशोरीहरुलाई ५०० रुपैयाँ दिने गरेका थिए ।
प्रतिक्रिया