काठमाडौ । सहकारी ठगी काण्डको छानबिन अगाडी बढ्दै गर्दा बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल जान सक्नेसम्मको आंकलन गरिएको छ ।
पूर्व उपप्रधान सहित गृहमन्त्री रहेका लामिछानेको सहकारीसम्बन्धी फाइल उनी मन्त्री भएकै बखत खुल्नेवाला थियो । तर, त्यसबेला नेकपा एमाले र मोवादीको संरक्षणका कारण उनीमाथिको अनुसन्धान फितलो भएको थियो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा रविको नाम जाडिएपनि त्यसबेला मौखिक उजुरी भन्दै पन्छाउने काम भएको थियो । त्यसमा प्रहरी महानिरिक्षक वसन्त कुँवरले नै रविको नाम मुछिएको मात्रै भनेर संसदीय छानविन समितिमा बयान दिएका थिए । त्यसबेला कांग्रेसले यही विषयलाई लिएर लामो समय संसद अवरुद्ध समेत गरेको थियो ।
तर, अहिले परिस्थिति फेरिएको छ । सत्ताको बागडोरबाट बाहिरिएको रविमाथि यही मुद्धामा टेकेर उनलाई जेल पठाउने तयारी थालिएको स्रोतको दाबी छ । हुन पनि उनी सत्ताबाट ओर्लिएको एक हप्ता पुग्दै गर्दा सहकारीको फाइल खोल्न पुग्नुले पनि रसवलाई जेल पठाउने संकेतको रुपमा लिनुपर्ने जानकारहरु बताउँछन् ।
सहकारीका सञ्चालक र पूर्वसञ्चालकसहित ६ जना पक्राउ गरी पुर्पक्ष निम्ति थुनामा छन् । सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई ‘जीबी’ भने अझै फरार छन् । उनी मलेसियामा रहेको खुलेको छ । उनीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध सङ्गठन इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरिसकेको छ । तर, मलेसिया सरकारको असहयोगका कारण उनी अझै पनि पक्राउ पर्न सकेका छैनन् । जिबीलाई पक्राउ नगर्नुमा पनि रविकै हात रहेको आरोप लगाउने गरिएको थियो ।
अहिले उनीमाथि अनुसन्धान शुरु हुनासाथ सत्ताको बागडोर सम्हालेको एमालेको नेतृत्व पनि उनलाई भित्तामै पुर्याउनेगरी लागिेका छन् । यस कारण पनि रवि जेल जान सक्ने आंकलन गिर्न थालिएको हो ।
प्रतिक्रिया