परालिम्पिकमा काश्य पदक बिजेता पलेशा नेपाल आउदै, नगर पिरक्रमा गराईदै

काठमाडाै । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन नेपाल आउदैछिन् । उनी बिहान काठमाडौं आउदै छन् । नेपाल आउनासाथ उनलाई नगरपरिक्रमा गराइने भएको छ । 

नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

परिषदका अनुसार साढे ८ बजेदेखि शुरु हुने र उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा स्वागत गरिने जानकारी दिएको छ ।