प्रधानमन्त्रीले बाेलाए एनसीए बैठक

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय कमान्ड अथोरिटी (एनसीए)को बैठक बोलाएका छन् ।
देशको राष्ट्रिय सुरक्षा र परमाणु हतियार प्रयोगसम्बन्धी निर्णय गर्ने उच्च नागरिक–सैन्य निकाय राष्ट्रिय कमान्ड अथोरिटी (एनसीए)को बैठक बोलाएको अल जजिराले बताएको छ ।

सो समाचारको भारतीय मिडियाले पनि पुष्टि गरेका छन् । पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने सम्बन्धी पाकिस्तानी प्रकानमन्त्री शरीले एनसीए बैठक बोलाएको आजतकले जनाएको छ ।

भारतसँग युद्ध निश्चित जस्तै भएपछि उनले बैठक बोलाएको समाचारमा उल्लेख छ । भारत र पाकिस्तानबीच तीन दिनदेखि लगातार हवाई तथा मिसाइल हानाआन भइरहेको छ ।

बुधबार भारतले ‘अप्रेशन सिन्दूर’ घोषणा गर्दै पाकिस्तानविरुद्ध आक्रमण सुरु गरेको छ भने पाकिस्तानले पनि भारतलाई जवाफ दिने भन्दै ‘अप्रेशन बुनयान–उल–मरसूस’ सुरु गरेको घोषणा गरेको छ । जसले दुई आणविक शक्ति राष्ट्रबीच पूर्ण स्तरको युद्धको मोडमा पुगेका छन् ।

भारत र पाकिस्थानबीच युद्ध चर्किदै गएपछि अमेरिका र पश्चिमा राष्ट्रहरुले सयंमता अपनाउन आग्रह गरेका छन् ।