गण्डकीमा एमालेबाट को -को बन्दैछन् मन्त्री ?

काठमाडौ । एमालेले गण्डकी प्रदेशमा मन्त्री हुनेहरुको नाम टुङ्ग्याएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय फुटाएरै भएपनि भागबण्डा मिलाएपछि एमालेले मन्त्रीको नाम टुङ्ग्याएको हो ।
एमालेबाट नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ ।
यसअघि मन्त्रालयमा भागबण्डा नमिलेकोले एमाले सरकारमा सहभागी भएको थिएन । एमालेबाट मन्त्री हुनेहरुले आजै सपथग्रहण लिने प्रदेश कार्यालयले जानकारी दिएको छ ।