गजुरीमा पहिरो खस्दा राजमार्गमा समस्या

काठमाडौ । धादिङको गजुरीमा पहिरो खसेपछि पृथ्वीराजमार्गमा समस्या भएको छ । गजुरी गाउँपालिका(६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको हो ।

बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ ।

सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ ।