ग्रीसमा मरेका माछा हटाउन एक महिना सङ्कटकाल घोषणा

एजेन्सी । मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू हटाउन एक महिनाका लागि सङ्कटकालको घोषणा गरिएको छ । मरेका माछाका कारण स्थानीय बासिन्दाहरूको जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सरकारले सफाइका लागि एक महिना सङ्कटकालको घोषणा गरेको हो ।

एथेन्स समाचार एजेन्सीका अनुसार जलवायु मन्त्रालयका नागरिक सुरक्षा मामिला मन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिन कोष र स्रोत जुटाउने छ । भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू मरेर थुप्रिएका छन्।

एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो ।
बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो ।

अहिले बाढीको प्रभाव कम हुँदा तालको पानी ह्वात्तै घटेको र यसले गर्दा तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ । मङ्गलवार मात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका थिए ।