काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार रहेकी राईलाई कपनस्थित घरबाटै पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई आज राति पक्राउ गरेको हो ।
एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।
भोजपुरकी माया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् । उनलाई भाेली अदालत पेश गरिने बताईएकाे छ ।
प्रतिक्रिया