काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन ।
उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
जसका कारण संगठित फुटबलमा संलग्ननतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले निलम्बनबाट फुकुवा भएको जानकारी गराएका हुन् ।
थापाले आफ्नो प्रतिबन्ध फुकुवा भए पछि नेपाली फुटबल सुद्धिकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन् ।
प्रतिबन्धको १० वर्षे समयलाई अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै थापाले त्यस अवधिमा आफूलाई साथ दिनेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै नेपाली फुटबलको विकास र विस्तारमा सधैं लागिरहने प्रतिबद्दता पनि जाहेर गरेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ ९एएफसी०का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ ९साफ०को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।
प्रतिक्रिया