काठमाडौ । सरकारले कार्यसम्पादनको आधारमा मुख्य सचिवमा वरिष्ठ सचिव एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
हाल गृहसचिव रहेका अर्याललाई यही १५ भदौ देखि लागू हुने गरी मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई १६ भदौदेखि लागू हुने गरी मुख्य सचिव नियुक्त गरेको हो ।
मुख्य सचिव लीलादेवी गड्तौलाले शुक्रबारदेखि अनिवार्य अवकाश पाउने भएकाले अर्याललाई नयाँ मुख्य सचिव बनाइएको हो ।मुख्य सचिवको दौडमा अन्य सचिवहरु दिनेश भट्टराई, तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी लगायत रहेका थिए ।
सरकारले उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । निजामती सेवा ऐनमा बहालबाला सचिवहरु मध्ये कार्यसम्पादन तथा ज्येष्ठताका आधारमा एकजनालाई सरकारले मुख्य सचिव नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । सो ऐन अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव बनाइएको बताइएको छ ।
प्रतिक्रिया