काठमाडौ । काठमाडौंको शंखमुलमा सोमबार मध्यरातमा स्नूकर सन्चालक रुपक बान्तवाको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ घर भई काठमाडौं महानगरपालिका-१० बस्दै आएका २२ वर्षीय एमके कुमार रहेका छन् ।
टाइम पास स्नुकर सञ्चालक ४१ वर्षीय बान्तवा आफ्नै कार्यालयमा मध्यरात सख्त घाइते अवस्थामा भेटिएका थिए भने उनको उपचारका क्रमममा सिभिल अस्पतालमा मृत्यु भएको थियो ।
हत्यापछि काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बानेश्वर वृत्तले अनुसन्धान थालेका थिए । काठमाडौं परिसरको टोलीले एमके कुमारलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पूर्व रिसईबीका कारण एमके कुमारले बान्तवाको हत्या गरेको जनाएको छ ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले घटनामा प्रयोग भएको रड, मृतकको चेक, चस्मा, ब्याग र लुगा उनको साथबाट बरामद भएको जानकारी दिए । यससँगै घटनाको विषयमा प्रहीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया