काठमाडौ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले हालसम्म ५० जनासँग बयान लिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जनासँग समितिले बयान लिएको हो ।
सूचीअनुसार गोरखा मिडिया नेटवर्कबाट तीन जनाको बयान लिएको छ । जसमा रवि लामिछाने‚ छविलाल जोशी र विपिन आचार्य रहेका छन् ।
यस्तै सूर्यदर्शन सहकारीका कुमार रम्तेल‚शिवबहादुर गुरुङ र भविश्वर अर्यालको बयान लिएको छ । बयान लिने काम सकिएपछि समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ ।
https://drive.google.com/file/d/13CScdDAphKeYEKS0UPZ89IfIcqMk6Vzc/view
प्रतिक्रिया