यी हुन विजयी नेकपा एसकाे उपाध्यक्षहरु

काठमाडौ। नेकपा एसको उपदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ ।

जसअनुसार माधव नेपाल समूहका विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।

जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले ‘चिट‘ नै बाँडेका थिए । महिला उपाध्यक्षमा पनि नेपालको ‘चिट’ लिस्टमा रहेकी जयन्ती राई भएकी छन् ।