तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गयो

काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

रा १ख २६२२ नम्बरको टिपरले प्र३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका–११ का सुकराम तामाङकाे ज्यान गएकाे हाे । यस्तै बेथानचोक गाउँपालिका–६ का रमेश तामाङ घाइते भएका छन् ।

आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनीहरु घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान एकजनाकाे को मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । हालसम्म ठक्कर दिने टिपरका चालक फरार रहेका छन् । टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।