मन्त्रीकाे सुरक्षामा खटिएका असईकाे मृत्यु

जनकपुरधाम । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको ज्यान गएकाे छ ।

हिजाे(आइतबार) राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएकोमा उनकाे उपचारकै क्रममा मृत्यु भएकाे थियो ।

थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।