छुरा प्रहारबाट किशाेरीकाे मृत्यु

धरान । धरानमा छुरा प्रहारबाट एक किशोरीको मृत्यु भएको छ भने आमा गम्भिर घाईते भएकी छन् । धरान ३ का जनप्रतिनिधि मिङ्मा भोटेका अनुसार परीवारका नातेदारले छुरा प्रहार गरेपछि  आमा सृजना राई र छोरी युनिसा शाही गम्भिर घाईते भएका थिए ।

उनीहरुलाई तत्काल उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर उपचारको क्रममा छोरी युनिसाकाे मृत्यु भएको र आमा सृजनाको उपचार भईरहेको धरान ३ का जनप्रतिनिधि मिङमा भोटेले जानकारी दिए ।

छुरा प्रहार गर्ने नातामा ज्वाई पर्ने ब्यक्तिलाई धरान प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।