सङ्क्रमणकालीन न्यायसम्बन्धी(टीआरसी)विधेयक पारित

काठमाडौं। आजको प्रतिनिधिसभा बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।

आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।

बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् । प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेपछि आज संसदमा पेश भएको थियो ।