बेलायती राजकुरमार नेपालमा

काठमाडौ । बेलायती राजकुमार एडवार्ड काठमाडौं ओर्लिएका छन् । उनी ६ दिने भ्रमणका लागि आज दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी भारत भ्रमण सकेर काठमाडौं आएका हुन् ।

उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका छन् । त्यस्तै मंगलबार बिहान उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाडौं आइसकेकी छन् । उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् । उनीहरु पोखरा हुँदै अन्नपूर्ण हिमालको बेसक्याम्पसम्म पुग्नेछन् ।