काठमाडौ । भारतीय पर्यटक बाेकेकाे बस पृथ्वी राजमार्गको दमौली -मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा खसेको छ ।
बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।
उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थमा परिचालन भएकाे छ ।
प्रतिक्रिया