एनटीभीमा अख्तियारको छापा

काठमाडौ । सरकारी संचार माध्यम एनटिभीमा भ्रष्टचारको गन्ध आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

सिंहदरबारभित्रै केन्द्रीय कार्यालय रहेको सरकारी टेलिभिजनमा हुने गरेको भ्रष्टाचारको विषयमा पटक–पटक कुरा उठ्दा पनि ठोस कारबाही अहिलेसम्म हुन सकेको छैन । अख्तियारले टिभीबाट वर्षेनी कागजपत्र उठाएर लैजादै थन्क्याएर खाख्ने गरेको छ ।
अख्तियारमा स्याटलाइट भाडामा लिंदा टेण्डर नगरी १२ वर्षसम्म अमानत सम्झौताबाट खरिद गर्दा रु. एक अर्ब बढी घोटाला सार्वजनिक खरिद ऐनको धज्जी उडाएर लुटतन्त्र मच्चाएको उजुरी परेको छ । यो एक उजुरी हो । यस्ता उजुरी धेरै नै रहेको त्यही कार्यरत पत्रकारहरु बताँछन् । सन् २०१० को टेण्डरलाई सन् २०११ पछि अमानत सम्झौताबाट सन् २०२२ सम्म ब्याण्डविथ खरिद गर्दा करोडौं करोड घोटाला भएको आशंका गरिएको छ । तथापी यो कुराको पुष्टि छानविनपछि मात्र देखिनेछ ।

स्रोतका अनुसार, दोस्रो अनुसन्धान ग्राफिक्स सिस्टम खरिद घोटालामा भएको छ । साढे ४ करोड रुपियाँमा खरिद गरेको ग्राफिक्सले काम नगरेको विषयमा पटकपटक अख्तियारले सोधेको थियो । टेलिभिजनले १५ दिनमा चल्ने जवाफ दिने गरेको थियो । ४ वर्षसम्म पनि ग्राफिक्सले काम नगरेपछि साढे ४ करोडको सम्पूर्ण खरिद नक्कली भएको भन्ने विषयमा छानबिन जारी छ । तेस्रोमा अटोमेशन सिस्टम खरिदमा भ्रष्टाचार भएको विषयको उजुरी परेको छ ।

४ लाख युएस डलरमा किनेको अटोमेसनमा चार वटा पोर्ट भनेर रकम तिरी २ वटा पोर्ट मात्र रहेको छ भने अधुरो खरिदको कारण ४८ लाखको अर्को खरिद बिना टेण्डर गर्नु परेको थियो । तर, त्यसमा तत्कालीन समयमा संचार मन्त्रालयमा रहँदा उपकरण खरिदको मूल्यांकन समितिमा बसेर भत्ता खाइसकेकी रेणु शाक्य पनि अख्तियारबाट छापा मार्न आएपछि एनटीभी घोटलाको छानबिन निष्पक्ष हुनेमा पत्रकार र कर्मचारीहरुले शंका व्यक्त गरेका छन् ।

पटकै पिच्छे कागजात जफत गरेर लगे पनि कारबाहीबाट बच्दै आएको एनटिभीमाथि अख्तियारले कस्तो खालको कारबाही गर्ला भन्ने कुरा रहष्यमै रहेको छ ।