छिट्टै द्वन्द्वका अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन्छौँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक पारित हुँदै गर्दा आफूलाई खुसी लागेको बताएका छन् । उक्त विधेयक सर्वसम्मतिबाट समितिबाट पारित भएको प्रतिनिधिभसामा पनि बुधबार ‘फास्ट ट्रयाक’बाट पारित गरिँदै छ।

टिआरसीमाथि संसदमा छलफल हुनुअघि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले यो विधेयक पारित हुन लाग्दा आफूलाई खुसी लागेको बताएका हुन् । उनले ढिलै भए पनि मौलिक हिसाबले द्वन्द्वलाई शान्ति प्रक्रिया हुँदै आज अन्तिम किस्ताको व्यवस्थापनका काम पनि निष्कर्ष उन्मुख रहेको बताए।

प्रधानमन्त्री ओलीले भने –‘सुखी व्यक्त गर्न चाहेको केमा भने हाम्रो देशमा द्वन्द्व थियो। यसलाई हामीले शान्तिमा परिणत गरायौँ। र शान्तिप्रक्रिया अघि बढाइयो। यो प्रक्रियालाई हामीले आफ्नै ढंगले अघि बढायौँ, यो मौलिक छ। हाम्रै प्रयासबाट अघि बढेको छ। त्यही कारण यो सफलतापूर्वक अगाडि बढेको हो’, उनले भने, ‘केही ढिलै भए पनि दुनियाँ लागि एउटा नमुना रूपमा शान्ति प्रक्रिया, द्वन्द्व व्यवस्थान र फेरि द्वन्द्व नहोस् भन्ने प्रक्रिया अगाडि बढाएका छौँ।’

विभिन्न ठाउँमा गाँठो परेकाले केही ढिलाइ भएको भए पनि अहिले गाँठो फुकिसकेको बताए। ‘ऐन शंसोधन गर्ने प्रक्रिया अगाडि बढाए पनि अल्झियो। केही जेलिएको थिए। तीनको गाँठो फुकाउन जरुरी थियो। अहिले संसदीय समितिबाट सर्वसम्मतिले सिफारिस आइसकेको छ। आज पारित हुँदैछ’, , ‘हामीले पीतिडमैत्री, कुनै करकापबिना सहमितका साथ यसलाई अगाडि बढाएका छौं। यो सबै शान्ति पक्षधरका लागि खुसीको विषय हो।’

अब यस ऐनअन्तर्गत सत्य निरुपन तथा मेलमिलाप र बेपत्ताहरूको छानबिन आयोगका पदाधिकारी पनि सर्वसम्मत हुने विश्वास व्यक्त गरे। ‘अब यसअन्तर्गत आयोगहरूमा पनि सहमति बन्छ। जसलार्य पुरा सहयोग सरकारको तर्फबाट हुन्छ।’, उनले भने, ‘र यसलाई छोटो अवधिभित्र सही निष्कर्षका साथ द्वन्द्वका अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन्छौं।’