काठमाडाै । सहकारीकाे रकमहिनामिना सम्बन्धमा संसदीय छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसङ्ग बयान लिने भएकाे छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गाेर्खा मिडिया नेटवर्क प्रा.ली.को प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको हो । उनले आज दिउँसो २ बजेपछि बयान दिदैछन् ।
यस्तै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बयानका लागि बोलाइएको छ । उनको बयान भने विहान ११ बजे लिने समितिले जनाएकाे छ ।
समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यसङ्ग बयान लिसकेकाे छ ।
सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।
प्रतिक्रिया