काठमाडाै । भारतकाे आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
हिजाे(बुधबार) दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यस घटनामा ३४ जना घाइते समेत छन्। प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको समाचारमा उल्लेख छ।
मुख्यमन्त्री चन्द्रबाबु नायडूले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन्। व्यवस्थापनको कमजोरी देखिए कारबाही गर्ने समेत चेतावनी समेत दिएका छन्।
प्रतिक्रिया