काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै बेहोस भएका चिनियाँ नागरिकको ज्यान गएकाे छ ।
बंगलादेशको विमानबाट आज (बिहीबार) बिहान विमानस्थल ओर्लिने वित्तिकै उनी सिकिस्त भएका थिए। ३० वर्षीय चिनियाँ नागरिक बिन लिन स्याङ बेहोस भएपछि विमानस्थलमा रहेका आकस्मिक चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए ।
विमानस्थलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो । तर, अस्पताल ल्याइ पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको मृत्युको कारण खुलिसकेको छैन । आगमन अनुमति लिनुअगाडि नै उनी गम्भीर बिरामी परेका थिए । विमानस्थल स्रोतका अनुसार घटनाबारे नेपालस्थित चिनियाँ दूतावासमा समेत खबर गरिएको छ । उनी आनहुई प्रान्तका हुन् ।
प्रतिक्रिया