प्रधानमन्त्री ओलीलाई के भने नेपालका लागि दक्षिण कोरियाका राजदूत ताइयोङले ?

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुई पक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना व्यक्त गरेका थिए ।

भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको समेत सहभागिता रहेको थियो ।