धान राेपेर सकेकाे उपलक्ष्यमा यसरी मनाईन्छ राेपाइँ जात्रा

काठमाडाै । कृषकहरु आफ्नाे खेतमा धान राेपेर सकिसकेपछि त्यसकाे खुसीयालीमा राेपाइँ जात्रा मनाउने नेवार समुदायमा चलन छ ।

विशेष गरेर याे जात्रा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट मनाईन्छ । रोपाइँजात्रा आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि आज परिरहेकै समयमा औपचारिक रूपमा काठमाडौँस्थित बौद्धमा मनाइएको हाे ।

विशेष गरी नेवार समुदायले मनाउन सुरु गरेको याे रोपाइँजात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउने गरिएकाे छ।