१७ वर्षीय बालिका बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

कैलाली । आफ्नै विद्यँलयमा अध्ययनरत १७ वर्षीय किशोरीलाई बलात्कार गर्न खोजेपछि कैलालीमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने बाजुराका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सना रहेका छन् । धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका उनले गत बुधबार सोही विद्यालयमा अध्ययनरत १७ वर्षीया किशोरीलाई धनगढी– १, पुष्पलाल चोकस्थित आफ्नो बहिनीको कोठामा बोलाएर यौन दुरुपयोग गरेको प्रहरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले तिमिल्सिनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ ।