गाेरखा । छिमेकी मुलुक चीनसङ्ग जाेडिएकाे दुबै नाका खाेलेपछि गाेरखाका स्थानीयबासी हर्षित भएका छन् ।
चुमनुब्री गाउँपालिका वडा नं. १ स्थित रुइला नाका र वडा नं. ७ स्थित नुइला नाका खुल्ला भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
रुईला नाका १५ दिनका लागि र नुइला नाका एक महिनाका लागि खुल्ला भएको हाे ।
चिनियाँ पक्षले एकतर्फी रुपमा बन्द गरेको ती नाकाहरू पाँच वर्षको पर्खाइपछि छोटो समयका लागि खुल्ला गरेको हाे । यी नाका खुलेपछि स्थानीयमा हर्ष छाएकाे हाे ।
प्रतिक्रिया