सुर्खेत। अविरल वर्षा भएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
गएराति परेकाे अविरल वर्षाका कारण सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा ठप्प भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ ।
छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ।
प्रतिक्रिया