काठमाडाै । सहकारीकाे रकम हिनामिना गरेकाे आराेपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले बबरमहलबाट पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।
उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।
प्रतिक्रिया