काठमाडाै । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीपतर्फ जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएपछि दुर्घटना भएको जनाईएकाे छ ।
मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान समेत छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् ।
सरकारले मृतकका परिवारलाई ५/५ लाख क्षतिपूर्ति दिने घाेषणा गरेकाे छ ।
प्रतिक्रिया