रिसाेर्टमा निस्सासिएर १२ काे मृत्यु

काठमाडाै । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण १२ जनाको मृत्यु भएको छ। पूर्व सोभियत राज्यको सबैभन्दा ठूलो र अग्लो स्की रिसोर्ट गुडौरीको एउटा रेस्टुरेन्टको माथि सुतिरहेको ठाउँमा ११ विदेशी र एक जर्जियाली नागरिकको शव फेला परेको स्थानीय प्रहरीले बताएका छन्।

प्रारम्भिक परीक्षणहरूले शवमा हिंसाको कुनै निशान नदेखाएको र यो अकल्पनीय दुर्घटना भएको प्रहरीले जनाएको छ। रिसोर्टमा बिजुली गए पछि तेलबाट चल्ने जेनेरेटर खोलिएको थियो र सोही कारण उनीहरूको निसास्सिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रेस्टुरेन्टको भवनको दोस्रो तल्लामा शव फेला परेको थियो।

अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेको र पीडितहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। गुडौरी स्कीइङ र स्नो बोर्डिङ उत्साहीहरूका लागि लोकप्रिय पर्यटक गन्तव्य हो, जहाँ सबै तहका आगन्तुकहरूको लागि शीतकालीन खेल गतिविधि गर्न पुग्ने गर्छन् ।

गुडौरी समुद्री सतहबाट करिब २,२०० मिटर उचाइमा रहेको पहाडहरूमा अवस्थित छ र जर्जियाको राजधानी टिबिलिसीबाट लगभग १२० किमी उत्तरमा अवस्थित रहेको छ।