हिन्द महासागरमा तुफान आउदा कम्तिमा १०० काे ज्यान गयाे

काठमाडाै । हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफान चल्दा कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले गरेका छन् ।

फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको बताईएकाे छ । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ ।