राष्ट्रपति पाैडेल अस्पताल भर्ना

काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएकाे छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएकाे हाे । १५/१६ वर्षअघिदेखि रहेकाे प्राेष्टेडकाे समस्यालाई शल्यकृया गर्नका लागि उनलाई अस्पताल भर्ना गरिएकाे अस्पतालले जनाएकाे छ ।

उनको आज नै शल्यक्रिया हुँदैछ । प्रक्रिया सुरु गरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरूका अनुसार एक/दुई दिन उनलाई अस्पतालमै राख्नुपर्ने हुनसक्छ । तर, त्यसबारे कुनै निर्णय भइसकेको छैन ।