प्रसाईंलाई अदालत लगियाे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत लगिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले केहीबेर अघि अदालत उपस्थित गराएको हाे।

साइबर ब्यूरोले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उनलाई उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग्छौं ।’

सीआईबीले प्रसाईंलाई हिजाे (मंगलबार) विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।